राष्ट्रिय समाचार

जिउँदै रहेका नेतालाई गाउँपालिका अध्यक्षले ‘मरेर गाडिसक्यौं’ भनेपछि…

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका अध्यक्षले जिउँदै रहेका व्यक्तिलाई मरेको भनेपछि एमालेले आपत्ति जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

एमालेका पोलिटब्यूरो खेममान खड्कासँग गाउपालिका अध्यक्ष डम्बर बिक ‘तूफान’ले जिउँदै रहेका एमाले बाँकेका जिल्ला अध्यक्ष तथा पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई मरिसकेको बताउँदै अपशब्द बोलेपछि एमाले बाँकेले आपत्ति जनाएको हो ।

लोक कल्याणकारी विज्ञापन

नेता खड्का र तुफानबीच भएको फोन संवाद बाहिरिएपछि एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । सार्वजनिक अडियोमा खजुरा गाउँपालिकाको मोबाइलमा फोन गरेका खड्काले पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई सोधेका छन् । त्यसक्रममा आक्रोशित हुँदै अध्यक्ष बिकले ‘किस्मत त मरेर अस्ति मट्टी दिइसकेम’ भनेका छन् ।

बिज्ञापन

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल मोबाइलमा खड्काले फोन गरेको बुझिन्छ । २०७९ को स्थानीय निर्वाचनबाट बिक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन