घटना समाचार

टाउको काटिएको अवस्थामा युवतीको शव भेटियो

बिज्ञापन

वीरगञ्ज । पर्सामा टाउको नभएको अवस्थामा एक युवतीको शव फेला परेको छ।

बिज्ञापन

पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको हो।

खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले टाउको नभएको घाँटीभन्दा तल मात्रै शरिर भएको शवलाई खोलाबाट निकालेर पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए ।

शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

बिज्ञापन