टीकापुर

सिएमसीको कैलारी शाखा गठन

बिज्ञापन

टीकापुर १२ भदौ । सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापकहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको स्थानिय पालिकाहरुमा संगठन विस्तार गर्ने क्रममा कैलारी गाउँपालिकामा शाखा विस्तार गरिएको छ ।

बिज्ञापन

जनवातावरण बहुउदेश्यीय सहकारीका व्यवस्थापक सम्पत कुमार चौधरीको अध्यक्षतामा ७ सदस्यीय सिएमसी कैलारी शाखा गठन गरिएको छ । सिएमसी कैलालीका महासचिव रुद्र प्रसाद खनालको उपस्थितिमा शाखा विस्तार गरिएको हो । ७ सदस्यीय समितीको उपाध्यक्षमा पारदर्शि महिला सहकारी संस्थाका व्यवस्थापक कौशी कुमारी बोहरा, सचिवमा कैलारी सहकारी संस्थाका व्यवस्थापक रामुराम चौधरी र कोषाध्यक्षमा कालिका कृर्षि सहकारी संस्थाका व्यवस्थापक दिनेश बोहरा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा समिक्षा बहुउदेश्यीय सहकारीका व्यवस्थापक पार्वती देवि चौधरी, चेतनशिल महिला विकास सहकारी संस्थाका व्यवस्थापक बनिता चौधरी र जनचेतना कृर्षि सहकारी संस्थाका व्यवस्थापक स्यानी कुमारी चौधरी रहनुभएको छ । आगामी असोज २७ गते कैलाली जिल्ला अधिवेशन गर्न लागेको सिएमसीले त्यसअघि कैलालीका १३ वटै पालिकाहरुमा शाखा समिती गठनको तयारी थालेको सिएमसी कैलालीका सचिव नरेन्द्र टमट्टाले जानकारी दिनुभयो ।

बिज्ञापन