घटना

टाउको काटिएको अवस्थामा युवतीको शव भेटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वीरगञ्ज । पर्सामा टाउको नभएको अवस्थामा एक युवतीको शव फेला परेको छ।

पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको हो।

बिज्ञापन

खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले टाउको नभएको घाँटीभन्दा तल मात्रै शरिर भएको शवलाई खोलाबाट निकालेर पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए ।

शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।