स.नि.म. नेपालका अध्यक्ष नर बहादुर रावल अमेरिकाको निरंकारी सन्त समागममा सहभागी

लसऐञ्जेलस, १३ साउन । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल अमेरिकाको निरंकारी सन्त समागममा सहभागी हुनुभएको छ ।
नेपालबाट अमेरिकामा हुने समागममा सहभागी हुन अमेरिका पुगेका सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष अन्तः क्यालिफोर्निया र लसऐञ्जलसको निरंकारी सन्त समागममा सहभागी भई नेपालको तर्फबाट आशीर्वादको कामना गर्नु भएको छ । उहाँले उपस्थिति सम्पूर्ण साध संगतलाई सम्बोधन गर्दै भन्नुभयो कि सत्गुरु माता जीको अपारकृपा एवं पावन आशीर्वादको कारण आफू सात समुन्द्र पारी अमेरिकाको क्यालिफोर्निया र लसऐञ्जेलसको आरे साँन्ट्रीमाक्ल सिटी हलमा सहभागी भई साकार सत्गुरुको दर्शनका साथै आशीर्वाद लिने अवसर प्राप्त भएकोमा सत्गुरु माता जी प्रति कृतज्ञता ज्ञापन गर्दछु ।

उहाँले हरदेव बाणीको सहारा लिदै युगदृष्टा सत्गुरु बाबा हरदेव सिंह जी महाराजले ‘गुरुज्ञान से निरंकार को जाना है पहिचाना है, इससे ईकमिक हो जाना ही असलमे इसको पाना है’ भन्नु भएको छ । हामी भक्ति त गरिरहेका थियौं, पूजा–पाठ पनि गरिरहेका थियौंं तर हामीले ईश्वर–निराकारलाई नजानेर शब्दको उच्चारणमा मात्र सिमित थियौं । तर सत्गुरुको कृपाले यसलाई अंगसंगमा साक्षात्कार दर्शन गरेर भक्ति गरिरहेका छौ । भनिएको पनि छ– ‘एक को जानो, एक को मानो, एक होजाओ ।’ हामीले ईश्वर–परमात्मालाई जानेर त्यसैको आदेश–उपदेशलाई मानेर सम्पूर्ण संसारका मानव एक हुनु छ । सबै मानव हाम्रै परिवारका सन्तान हुन भनेर उनीहरुसंग प्रेम पूर्वक आदर–सत्कारको व्यवहार गर्दै जीवन ब्याति गर्नु पर्दछ, उहाँले बताउनु भयो ।
जस्तै कुनै पानी राखेको भाँडोमा चिनी अथवा नून मिलाएपछि चिनी र नूनलाई अलग गर्न सकिदैन त्यस्तै प्रकार परमात्मालाई जानी सकेपछि मात्र यससंग एकाकार हुन सकिन्छ । एकाकार हुनु नै भक्ति हो । त्यसैले भनिएकोछ–‘जसको भक्ति, जसको पूजा, त्यसको ज्ञान जरुरी छ । भन्छ हरदेव पहिले ईश्वरको जानकारी हुन जरुरी छ ।’ हामी जसको भक्ति, पूजा गरिरहेका थियांै, त्यसको पहिचान अर्थात जानकारी हामीलाई थिएन तर आज गुरुकृपाले परमात्मालाई चिन्यौं र हामीलाई सेवा, सत्संग, सुमिरण गर्ने शौभाग्य प्राप्त भयो ।
उहाँले अगाडि भन्नुभयो कि हामीले भौतिक अस्थाई घरलाई वास्तविक घर सम्झी रहेका थियौं तर सत्गुरुको कृपाबाट आज वास्तविक घरको जानकारी भयो । ‘निराकार घर है मेरो अनहद मे विश्राम, सत्संग माता मेरी–पिता मेरा राम ।’ सत्संग रुपी माताको माध्यमबाट सत्गुरु कृपाले स्थायी घरको जानकारी पायौं । चौरासी जन्म–मरणको बन्धनबाट मुक्तिको धाम पायौं, उहाँले बताउनु भयो ।
अन्तमा उहाँले सन्त निरंकारी मिशनलाई अगाडि बढाउन आफ्नो प्राणको याहुती दिने ज्ञात–अज्ञात सबै सन्तहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सत्गुरु माता जी एवं पूज्य राजपिता जीको चरणमा नेपालको कल्याण यात्राको लागि विन्ति गर्नुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
