Sudur Pradesh News

विषालु च्याउ खाँदा बझाङमा दाजुबहिनीको मृत्यु

बिज्ञापन

कैलाली । बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुईजनाको मृत्यु भएको छ ।

बिज्ञापन

जयपृथ्वी नगरपालिका-६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जिलाको हिजो बिहान र उनका दाजुको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा ५ जना रहेपनि एक छोरी र बुवा अन्यत्र भएका कारण उनले च्याउ खाएका थिएनन् । च्याउ खाएकामध्ये २ जनाको मृत्यु भइसकेको र आमाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

बिज्ञापन