राष्ट्रिय समाचार

काठमाडौँ र ललितपुरका यी क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – आज काठमाडौँ र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।

नेपाल विद्युत्‌ प्राधिकरणले ललितपुरसहित काठमाडौँ आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौँको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।

बिज्ञापन

प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत्‌ आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।