घटना समाचार

स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिज्ञापन

सिन्धुपाल्चोक । लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै शनिवार राती स्कारपियो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् ।

बिज्ञापन

मृत्यु हुनेमा स्कारपियो चालक रामेछाप उमाकुण्ड गाउँपालिका–१ निवासी उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रविसे ७ घुम्थाङ निवासी वर्ष ४१ का बलबहादुर खत्री रहेका छन् ।

त्यस्तै दुर्घटनामा रामेछाप उमाकुण्ड–२ का संगीता बराइली, उनको छोरी युसा बराइली, रामेछाप गोकुलगंगा गाउँपालिका–१ की डोल्मा शेर्पा र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रमोद महर्जन रहेका छन् ।

गम्भीर घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काभ्रेको धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाँदै गरेको थियो । सडकबाट झन्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए ।

बिज्ञापन