असोज १ गते कोरिया भाषाको परीक्षा हुने

काठमाडौंः असोज १ गते कोरिया भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गर्नेे भएको हो।
सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)ले नेपालबाट दुुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
