राजनीति

१५ दिने मेची-महाकाली अभियान चलाउने एकीकृत समाजवादीको निर्णय

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । सोमबार बसेको सचिवालय बैठकले आगामी असोज १४ देखि २९ गतेसम्म संगठन सुदृढिकरणको लागि मेची महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरको हो ।

बिज्ञापन

बैठकले अभियानको कार्यतालिकासहित अनुमोदन गरेको छ । १४ असोजमा मेचीबाट सुरु हुने अभियान २९ गते महाकालीमा पुगेर समापन हुनेछ । अभियानमा सचिवालय तहका सबैजसो नेतासँगै केन्द्रीय समिति, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ता सहभागी हुनेछन् ।

बिज्ञापन