सोमपालले लिए जुत्तामा कोहलीको अटोग्राफ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन् । उनले कोहलीको अटोग्राफ (हस्ताक्षर) भएको जुत्तासहितको तस्बिर तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
सोमपालले कोहलीसँगको तस्बिर राख्दै उनी एक क्रिकेटर मात्रै नभएको बताएका छन् । उनले भनेका छन्, ‘कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन् ।’

सोमबार श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । जहाँ नेपाल १० विकेटले पराजित भयो । सोमपाल अर्धसतक बनाउन २ रनले चुकेका थिए ।
यसअघि एसिया कपमा भारतसँग प्रतिस्पर्धा गर्ने निश्चित भएपछि प्रतिक्रिया दिँदै सोमपालले भनेका थिए, ‘कोहलीको विकेट लिन्छु÷लिँदिन थाहा छैन, तर एउटा फोटो खिच्न मन छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
