मोवाइल, जुत्ता खोला किनारमा छोडेर वेपत्ता भएका डाक्टरको १० दिनपछि शव भेटियो

विराटनगर । उदयपुरबाट बेपत्ता भएका झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।
उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी, जुत्ता र मोबाइल सप्तकोशी नदी किनारमा राखेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।
झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो ।
डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
