घटना समाचार

त्रिभुवन विमास्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ

बिज्ञापन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन