Sudur Pradesh News

सुदूरपश्चिममा तीन नेतालाई गाडी फिर्ता गर्न निर्देशन

बिज्ञापन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले ऐन विपरीत सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेका गाडी तीन दिनभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

बिज्ञापन

लेखा समितिका ज्येष्ठ सदस्य बिक्रम धामीले ऐन विपरीत प्रयोग भइरहेका गाडी तीन दिनभित्र प्रदेशसभा सचिवालयलाई फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिए । उनकाअनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनमा भएको व्यवस्था विपरीत गाडी सुविधा लिएको भेटिएपछि फिर्ता गर्न निर्देशन दिइएको हो ।

सत्तारूढ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरी र नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घ सोडारीलगायतले सुविधाको गाडी प्रयोग गर्दै आएका छन् । यसअघि संसद सचिवालयले मौखिक रुपमा गाडी बुझाउन भनेको थियो । तर उनीहरुले गाडी फिर्ता गरेका थिएन ।

बिज्ञापन