राष्ट्रिय समाचार

कुवेतमा एक हजार नेपाली अलपत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं – वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन्।

११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।

बिज्ञापन

विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन्। कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन्। कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन्।

पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यु एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको बताएका छन्।

वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाको दिनहुँ विमानस्थलमा लर्को लाग्छ। कमाउन बिदेसिने सबै सफल हुन्छन् भन्ने छैन। कतिपय म्यानपावर कम्पनीको गैरजिम्मेवारीका कारण विदेश गएका युवा समस्यामा पर्छन्। नागरिकको सम्पर्कमा आएका कुवेतमा अलपत्र एक युवकका अनुसार उनीहरू मासिक ८५ केडी तलब कमाइ हुने भन्दै म्यानपावर कम्पनी र एजेन्टलाई १ लाख ६० हजारदेखि २ लाख रूपैयाँसम्म बुझाएर त्यहाँ गएका हुन्। म्यानपावर कम्पनीहरूले कुवेतको राम्रो कम्पनी भनेर पठाए पनि मासिक १५÷२० हजार कमाउनसमेत हम्मेहम्मे परेको पीडितले बताए। काम पाएको बेलामा मासिक १२ देखि १८ हजार रूपैयाँसम्म मात्र कमाएको तर पछि त्यही काम पनि नपाएको पीडित कुलबहादुर राईले बताए।

उनका अनुसार म्यानपावर कम्पनीले १२ घण्टा काम गरे १ सय २० केडी र १६ घण्टा काम गरे १ सय ५० केडी कमाइ हुने र अतिरिक्त समय (ओभर टाइम) पनि गर्न पाइने प्रलोभनमा कुवेत पठाएका थिए। ओभरटाइम त परको कुरा कामविहीन भएर बस्नुपरेको उनले बताए। ‘देशमा रोजगारी छैन। कामको खोजीमा कुवेत आइयो। तर यहाँ आएर फसियो। न घर फर्कन सकिन्छ, न यहाँ काम नै पाइन्छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।