त्रिभुवन विमास्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।
बिज्ञापन

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
