बिश्व

दिल्लीमा जी-२० सम्मेलन सुरु

बिज्ञापन

काठमाडौं । भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ । सम्मेलनमा १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ ।

बिज्ञापन

आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् । कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् ।

जी-२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् ।

बिज्ञापन