आस्था /आध्यात्म

टीकापुरमा बाल संगतका बालबालिकाहरुलाई पुरुस्कार वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ भाद्र । टीकापुरमा बाल संगतका बालबालिकाहरुलाई पुरुस्कार वितरण गरिएको छ । सन्त निरंकारी सत्संग भवन टीकापुरमा कृष्ण अष्टमीको अवसरमा आध्यात्मिक पद्धतिद्वारा बालबालिकाहरुको विभिन्न रुपमा स्तरउन्नतीका साथै शारीरिक तथा मानसिक रुपमा टेवा पुग्न सकोस भनेर आयोजित उक्त खेलकुद कार्यक्रममा विभिन्न स्वास्थ वर्धक खेलहरु खेलाईएको थियो ।

खेलको एउटै उद्देश्य थियो कि बालबालिकाहरु भौतिक जगतमा रमाउँदै आध्यात्मिक क्षेत्रलाई आफ्नो जीवनको प्रमुख पाटो बनाएर यस चकाचौध संसारको भुलभुलैयामा नफसेर ठुलो भएर एक कुशल मानव बन्न सकुन भन्ने थियो । सानैदेखि अनुशासनमा रहेर निराकार परमात्माको सहारा लिदै सबै मानव प्राणीहरु मेरै घरका सदस्य हुन र तिनीहरुलाई आफ्नै घरका सदस्यको दृष्टिकोणले हेरिनु पर्छ, सबैको आदर–सत्कारले सेवा गर्नु पर्छ, कसैको हृदयलाई चोट पु¥याउनु हुँदैन, सबैसंग मिलेर बस्नु पर्छ, कसैसंग झै–झगडा गर्नु हुँदैन, सबैलाई माया गर्नु पर्छ, मिठो बोली बोल्नु पर्छ, ठुला बडाको भनेको मान्नु पर्छ, मोबाईलको प्रयोग थोरैभन्दा थोरै मात्रमा गर्नु पर्छ, आफ्नो पढाईमा ध्यान दिनु पर्छ आदि जस्ता सन्देश बोकेका खेलहरु खेलाईको थियो । खेलमा सबै बालबालिकाहरु निकै उत्साहित देखिन्थे ।

बिज्ञापन

सत्गुरुको प्रार्थनाबाट आरम्भ गरिएको उक्त कार्यक्रममा ८ देखि १८ वर्षका करिब १०० बालबालिकाहरुको सहभागिता रहेको थियो । कृष्ण अष्टमीका दिन आयोजित खेलमा विजय भएका विजाता खेलाडीहरुलाई आज टीकापुर भवनमा साप्ताहिक सत्संग समाप्ति पछि पुस्कार वितरण गरिएको थियो ।

विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारीले सन्त निरंकारी मिशनले आज संसारमा बालबालिकाहरु कुनै गलत बाटोमा गएर नबिग्रिउन भनेर उनीहरुलाई सानैदेखि आध्यात्मिक क्षेत्रमा आबद्ध गराएर उनीहरुलाई सत्संगसंग जोड्ने कार्य गरिरहेको स्मरण गराउनुभयो । आज यसै कार्यलाई निरन्तरता दिदै टीकापुरमा पनि बाल संगतको स्थापना गरेर बालबालिकाहरुलाई संगतदेखि जोड्ने गरेको बताउनु भयो साथै सबै अभिभावकहरुलाई आफ्ना बच्चाहरुलाई प्रत्येक शनिबार बाल संगतमा पठाउन पनि आग्रह गर्नुभयो ।

सेवादल संचालक बजिर सिंह सार्कीले आज सन्त निरंकारी मिशनले बच्चाहरुलाई आध्यात्मिक ज्ञान प्रदान गरेर आध्यात्मिक शिक्षाबाट पूर्ण गराई रहेको धारणा राख्नुभयो । कुनैपनि बालक एक कुशल मान्छे बन्न चहान्छ भने त्यसले भौतिक शिक्षाको साथै आध्यात्मिक शिक्षालाई पनि ग्रहण गर्नुपर्ने हुन्छ केवल भौतिक शिक्षाबाट मात्र त्यसको सर्वाङ्गगिण विकास हुन नसक्ने बताउनु भयो ।

कार्यक्रमको रुप रेखा सेवादल जवान प्रकाशमान ठकुल्लाले गर्नु भएको थियो साथै कार्यक्रम सफल पार्नुमा उनले रातदिन मेहनेत गरेर बालबालिकाहरुलाई कार्यक्रमा आउन उत्साहित बनाउनु भएको थियो । स्थानीय सन्तहरुले आ–आफ्नो तर्फबाट पुस्कार तथा खाजाको व्यवस्था गरेका थिए । स्मरण रहोस टीकापुरका निरंकारी बालबालिकाहरुलाई सत्संगसंग जोड्न उनीहरुलाई प्रेरणा दिएर यहाँसम्म पुरयाउनुमा उहाँको ठुलो योगदान रहेको छ ।

विजेता बालबालिकाहरुलाई टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, सेवादल संचालक बजिर सिंह सार्की, शिक्षक भवन सिंह, चन्द्र सिंह, मिडिया सहायक दिपक रावल, सन्त निरंकारी मासिक तथा मालिका समाचारका सम्पादक पूर्ण कुमालले पुस्कार वितरण गरेका थिए भने कार्यक्रमको संचालन बाल सेवादल आयुषमान ठकुल्ला तथा सेवादल जवान प्रकाशमान ठकुल्लाले गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।