राष्ट्रिय समाचार

प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन सबै दलहरु सहमत

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल बनाउनेमा दलहरु ‘एकमत’ भएका छन् । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भ्रमण सफल बनाउनेबारे सहमति भएको हो ।

बिज्ञापन

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउनेबारे दलहरुमा साझा सहमति भएको बताए ।

‘प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका सभापति तथा प्रतिनिधि, पूर्व परराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरेर आशन्न चीन भ्रमणका बारेमा गम्भीर छलफल भएको छ । अहिलेको सन्दर्भमा संयुक्त राष्ट्रसंघमा या चीन भ्रमणका सन्दर्भमा पनि गर्नु पर्ने आवश्यक तयारी राख्नु पर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा महत्त्वपूर्ण सुझाव र सल्लाह दिनु भएको छ,’ उनले भने ।

बिज्ञापन