प्रवास

सयुक्त नेपाली महासंघ मुम्बई र सगरमाथा फाउण्डेसनको सयुक्त आयोजनामा मुम्बईमा तीज कार्यक्रम सम्पन्न

बिज्ञापन

मुम्बई, ११ सेप्टेम्बर । विपि कोईराला नेपाल भारत प्रतिस्थानको आर्थिक सहयोग तथा संयुक्त नेपाली माहासंघ मुंबई र सगरमाथा फाउण्डेशन थानेको सयुक्त आयोजनामा नारीहरुको महान चाँड हरितालीका

बिज्ञापन

तीजको उपलक्ष्यमा दर खाने तथा नाच–गान कार्यक्रम हिजो आइतबारका दिन थानाको घोडवन्दर रोड स्थित वेल्वेट गार्डनको प्राङ्गणमा सम्पन्न भएको छ ।

करिब १००० जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको जमघट भएको उक्त कार्यक्रमको अध्यक्षता सगरमाथामा फाउण्डेसनका अध्यक्ष श्री सुनिल बराल ज्यू र सयुक्त नेपाली महासंघ मुम्बईका उपाध्यक्ष एव

शिक्षा–सस्कृती प्रमुख श्री रबि भट्टराई ज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन युवराज न्युपाने र तुलसिराम घिमिरेले गर्नु भएको थियो साथै महासंघ की शिक्षा मंत्री सीता कापÞmलेको साथमा सबिता

गैरे, सुमित्रा पोखरेल, लक्ष्मी भण्डारी ढकालले उद्घोषिकाको भूमिका कुशलता पूर्वक निभाउनु भएको थियो ।

उक्त कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष श्री युवराज बराल ज्यू प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा क्रमसः श्रीमती परिसा प्रकाश सरनाइक, डा. निर्मला ठाकुर, श्रीमती सकुन

सिंह, महेन्द्र सोडारी, शिब बिष्ट, महासंघ अध्यक्ष श्री धीर ब. रावल थिएभने अतिथिहरुमा डम्बर रावल, मास्टर थापा, बिष्णा बिष्ट, कमल सिंह, किशोर खत्री, मोतीलाल न्युपाने, हरि पाण्डे, रजनी थापा रहनु भएको थियो ।

खचाखच भरिएको हलमा महिला दिदीबहिनीहरुको मौलिक गान र नृत्यको साथमा स–साना भाइबहिनीहरुको नेपाली ट्रेडिसनल नाच समेत भएको थियो । उक्त कार्यक्रममा डि आइ डि लिटिल च्यम्प सिजन ४

कि टप ७ कन्टेस्ट सुश्री बृन्दा दाहाल, हिन्दी चलचित्र, बिभिन्न टेलीभिजन रियलिटी शोहरुमा उकृष्ट नृत्य स्थानमा पुगेका राम बिष्टको पनि नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित हुन नसकेता पनि महासंघकी महिला प्रमुख श्रीमती बैजन्ति रावल ज्युको कार्यक्रम सफलताको लागी निरंतर साथ र सहयोग रहेको थियो ।


उपस्थित सबैलाई रात्रि भोजन (दर) गराइ कार्यक्रमका अध्यक्ष रबि भट्टराईद्वारा कार्यक्रमको समापनको घोषणा गरिएको थियो ।

बिज्ञापन