घटना समाचार

मोरङमा ८ वर्षीया बालिका बलात्कृत

बिज्ञापन

मोरङ । मोरङमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जितबहादुर तामाङ रहेका छन् ।

बिज्ञापन

उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बिज्ञापन