राष्ट्रिय समाचार

युरोपका पाँचसहित थप ८ देशमा नेपाली दूतावास स्थापना गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सरकारले विश्वका थप आठ वटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका पाँचसहित आठ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

अब पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास स्थापना गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ती मुलुकमा नेपाली समुदायको बाक्लो उपस्थिति हुन थालेकाले उनीहरुलाई कन्सुलर सेवा प्रदान गर्न दूतावास खोल्ने निर्णय गरिएको सरकारले जनाएको छ ।

बिज्ञापन

नयाँ स्थापना गर्न लागिएका दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहनेछन् । उच्च स्तरीय बैठकको निर्णयअनुसार अब परराष्ट्र मन्त्रालयले आठवटा देशमा दूतावास स्थापनाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि ती देशमा दूतावास स्थापना गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।