नालीमा खसेर २ वर्षीय बालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

जनकपुरधाम । नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा एक बालकको मृत्यु भएको छ ।
लोक कल्याणकारी विज्ञापन

स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज विहान बालक रोहन नालामा खसेका थिए ।
लोक कल्याणकारी विज्ञापन

स्थानीयका अनुसार नामाला ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अबस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।
बिज्ञापन

मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

