घटना

सर्पले डसेको थाहा नपाउँदा युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तु, भदौ २८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । 

राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान ६ बजे शङ्काको आधारमा कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो । 

बिज्ञापन

उपचार केन्द्र पुगाउँदा भुजको अवस्था अचेत भइसकेको थियो । श्वास प्रश्वासमा समस्या भएपछि एम्बुलेन्समा एन्टीस्न्याक भ्यानम प्रयोग गरी उपचार गर्दै बुटवल लगिएको थियो । 

बुटवल पुराउँदै गर्दा बाटोमा उहाँको मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । बिरामी भएका भुजलाई घरेलु उपचारमा बढी ध्यान दिँदा स्वास्थ्य अवस्था गम्भीर भएको भण्डारीको भनाइ छ । उहाँलाई सर्पले राति नै डसेको हुनसक्ने बताइएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।