स्वास्थ तथा सरसफाइ

भारतमा भेटियो खतरनाक नयाँ भाइरस

बिज्ञापन

नयाँदिल्ली । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ ।

बिज्ञापन

कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक लयाँ भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।

केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म शैक्षिक संस्था बन्द गरेको छ । स‌क्रमित क्षेत्रहरुमा आवतजावतमा रोक लगाइएको छ भने हिडडुलमा पनि प्रतिबन्ध लगाइएको छ ।

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने भाइरस हो। यो विशेष गरी चमेरोमार्फत फैलिन्छ। निपाहको पहिलो केस सन् १९९८ मा मलेसियामा सुँगुर किसानमा भेटिएको थियो । यसको नाम मलेसियाको गाउँबाट बनाइएको थियो, जहाँ यसको पहिलो केस फेला परेको थियो।

डब्ल्यूएचओले यो भाइरसलाई इबोला, जिका र कोरोना भाइरसको श्रेणीमा राखेको छ। किनभने यसले महामारी फैलाउने क्षमता राख्छ। निपाह भाइरस सामान्यतया जनावर र दूषित खानाबाट सर्ने गर्छ तर हालै यो मानिसबाट सिधै मानिसमा पनि सर्ने गरेको देखिएको छ ।

सबै जना निपाह भाइरसको बारेमा चिन्तित छन् किनभने यो भाइरस पीडितको मृत्युदर ७५ प्रतिशत रहेको अनुमान गरिएको छ । चिन्ताको अर्को कारण यो हो कि अहिलेसम्म कुनै खोप जारी गरिएको छैन।

निपाह भाइरसका लक्षणहरू के के हुन् ?
निपाह भाइरसमा पीडितलाई उच्च ज्वरो, बान्ता र सास फेर्न समस्या हुने गरेको छ ।

निपाहाको संक्रमणले पीडितको दिमागमा असर पर्न सक्छ र ऊ कोमामा समेत जान सक्छ ।

बिज्ञापन