राष्ट्रिय समाचार

सरकारी गाडी नियन्त्रणमा लिएर युवा संघले ट्राफिकलाई बुझाए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनुषाले जनकपुरधाममा शनिवार पनि सरकारी गाडीको दुरुपयोग गर्ने गाडीहरु नियन्त्रणमा लिएको छ ।

भानु चोकबाट यूवा संघका कार्यकर्ताहरुले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएको हुन् । सरकारी गाडी दुरुपयोग रोक्ने उनीहरुको अभियानलाई ट्राफिक प्रहरीले सघाएको छ ।

बिज्ञापन

प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले चढेको सरकारी गाडी पनि उनीहरु नियन्त्रणमा लिएको थियो । आमसञ्चार सम्बन्धी कार्यक्रमका लागि रौतहट जान लागेको भन्दै चिट्ठी समेत देखाएपछि आफूलाई छाडेको अध्यक्ष यादवले बताए ।

सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको युवा संघ मधेश प्रदेशका अध्यक्ष लव अधिकारीले जानकारी दिए ।

विदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसंग अनुमति लिनुपर्छ । तर अनुमति नलिएरै सरकारी गाडी नीजि काममा प्रयोग गर्ने प्रवृत्ति बढेपछि नियन्त्रणमा लिएर कारबाही गर्न अभियान चलाएको युवा संघले जनाको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।