राजनीति

सिंहदरबारमा आगो लाउँछु भन्नेलाई चार/पाँच लाख लाइक आएकोमा कांग्रेस नेता केसीको चिन्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लोकतान्त्रिक प्रणालीमा व्यक्ति हाबी हुँदा समाजमा अराजकता बढेको टिप्पणी गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै व्यक्ति हाबी हुँदै जाँदा सिंहदरबारमा आगो लगाउँछु भन्नेहरूलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको बताए।

बिज्ञापन

उनले काठमाडौं महानगर पालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै भने, ‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४/५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदै छौँ। यो अराजकतातिर त जान लागेका हैनौँ। हामी कता जाँदैछौं। अहिले राजनीतिक दलहरूप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्था छ।

समाजमा अराजकता बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे । जनतालाई अनुशासनको निम्ति देशमा सुशासन आवश्यक भएको भन्दै अहिले अनुशासनहीनताको चरम बाटोमा हिँडिरहेको उनको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।