राजनीति

शेखर समूहको बैठकमा विश्व-प्रदीप नजाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहको बैठक आज बस्दैछ । नेता कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए ।

उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् । नेता कोइरालाले आफु पक्षको बैठकमा शर्मा र पौडेललाई पनि बोलाएका थिए ।

बिज्ञापन

महामन्त्री शर्मा निकट एक नेताका अनुसार नेता कोइरालाको कार्यशैलीप्रति शर्माका केही गुनासा भएकाले बैठकमा उपस्थित नहुने भएका हुन् । अर्का नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।