सुदूरपश्चिम प्रदेश

टिकापुर र धनगढीमा लागूऔषधसहित दुई युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टिकापुर । कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरी पक्राउ परेका हुन्।

यस्तै कैलालीकोे धनगढी उपमहानगरपालिका–१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २.८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका–१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशी पक्राउ परेका हुन्। जोशीलाई प्रहरी चौकी कनरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।