आस्था /आध्यात्म

७६औं वार्षिक सन्त समागम सेवाको औपचारिक उद्घाटन,नर सेवा नै नारायण पूजा– निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

समालखा, २० सेप्टेम्बर । सन्त निरंकारी आध्यात्मिक स्थल समालखाको पवित्र भूमिमा १८ सेप्टेम्बर २०२३ दिन सत्गुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित जीद्वारा ७६ औं वार्षिक निरंकारी सन्त समागमको स्वैच्छिक सेवाको औपचारिक उद्घाट गरियो ।

यस वर्षको वार्षिक निरंकारी सन्त समागम २८, २९ र ३० अक्टूम्बर, २०२३ मा आयोजना हुँदैछ । उक्त अवसरमा सवाई माधोपुरबाट पनि सेवादार दाजुभाइ तथा दिदीबहिनीहरुको आगमन भएको थियो र त्यहाँ सेवा गर्दै उनीहरुले सत्गुरु माता जीको पवित्र दर्शनगरी आशीर्वाद लिएका थिए भने सो अवसरमा सन्त निरंकारी मण्डलका कार्य समितिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

बिज्ञापन

सेवाको यस शुभ अवसरमा भक्तजनलाई सम्बोधन गर्दै सत्गुरु माता जीले सेवा शरीरले मात्र नभई सच्चा मनले गरे मात्र सेवा सार्थक हुने बताउनु भयो । सेवा त्यही सर्वोत्तम हुने गर्दछ जसलाई निःस्वार्थ र निष्काम भावलृे गरिन्छ ा । सेवा भावनाको महत्व बताउँदै सत्गुरु माता जीले ब्रम्हज्ञानको अनुभूति गरेपछि मात्र हाम्रो मनमा ‘नर सेवा, नारायण पूजा’ को अनुभूति उत्पन्न हुन्छ, तब हामी प्रत्येक मानवमा यही निरंकार प्रभुको छवि देख्न सक्र्छां ।

सत्गुरु माता जीले सेवाको सार्थकता बताउँदै मिशनका प्रत्येक भक्तहरु यहाँबाट प्राप्त हुने सिखलाईबाट निरन्तर प्रेरणा लिएर र एक नयाँ सुन्दर समाज निर्माणमा सहयोग गर्नु पर्छ । निःस्वार्थ सेवा नै सर्वोत्तमभक्तिको एक सरल माध्यम हो । त्यसैले सेवाको कुनैपनि अवसरलाई त्यसै खेर जान दिनु हुँदैन र नर सेवा नरायण सेवाको सुन्दर भावलाई चारितार्थ गर्दै त्यसलाई प्राथमिता दिनु पर्छ्, उहाँले प्रष्ट पार्नुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।