आस्था /आध्यात्म

हरियाणाको समालखामा ७६औं वार्षिक निरंकारी सन्त समागमको भव्य आयोजना २८ देखि ३० अक्टूम्बरसम्म हुने

बिज्ञापन

समालखा, ०९ सेप्टम्बर । ७६औं वार्षिक निरंकारी सन्त समागमको रुपमा विश्व भाइचारा र विश्व भ्रातृत्वको अनुपम रूप सन्त निरंकारी आध्यात्मिक स्थल समालखाको विशाल मैदानमा फेरि एकपटक टेन्टहरुको सुन्दर शहर देखिनेछ ।

बिज्ञापन

सत्गुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता जीको पवित्र उपस्थितिमा यो आध्यात्मिक सन्त भेला भव्य रूपमा आयोजना हुन लागेको हो । यस पवित्र सन्त समागममा देश–विदेशका लाखौं श्रद्धालु तथा भक्तजनहरु सहभागी भई यस भव्य सन्त समागमको भरपुर आनन्द लिनुका साथै सत्गुरुको भौतिक दर्शन र पावन आशीर्वाद पनि प्राप्त गर्ने छन् ।

यस वर्ष निरंकारी सन्त समागमको नारा ‘सुकुन ः अन्तरमान का’ रहेको छ जसमा देश विदेशका गीतकार तथा वक्ताहरुले कविता, गीत र विचारका माध्यमबाट आ–आफ्ना शुभ भावना व्यक्त गर्ने छन् र विभिन्न भाषामा गरिएका उक्त प्रस्तुतिहरुको सबै दर्शकहरु–श्रोताहरुले भरपूर आनन्द प्राप्त गर्ने छन् ।

निरंकारी सन्त समागमको शुभ अवसरको प्रतिक्षामा रहेका बेला सन्त समागम कहिले आयोजना हुने र कहिले यस शुभ अवसरको साक्षी बन्ने भन्ने कुरा प्रत्येक भक्तजनको एउटै मात्र इच्छा हुन्छ । यो सन्त समागम निरंकारी मिशनले दिएको सत्य, प्रेम र शान्तिको ईश्वरीय सन्देश जनतामा फैलाउने एक शक्तिशाली माध्यम हो, जसले आध्यात्मिक चेतनाको माध्यमबाट सम्पूर्ण विश्वमा समानता, सद्भाव र प्रेमको सुन्दर रूप देखाउँदै आएको छ । जुन अहिलेको समयमा नितान्त आवश्यक छ ।

सन् १९४८ मा सन्त निरंकारी मिशनको पहिलो भेला पहाडगञ्जको दिल्लीमा मिशनका दोस्रो गुरु शहनशाह बाबा अवतार सिंह जीको नेतृत्वमा भएको थियो । त्यसपछि शहनशाह जीले आफ्नो प्रेमले सन्त समागमको शृङ्खलालाई गति प्रदान गर्नुुभयो । पछि, बाबा गुरबचन सिंह जीले सहिष्णुता र नम्रता जस्ता ईश्वरीय गुणहरूद्वारा यसलाई थप विस्तार गर्नुभयो ।

बाबा हरदेव सिंह जीले उक्त दैवी मानवीय मूल्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध बनाउन महत्वपूर्ण योगदान दिनुभयो, जसको फलस्वरूप आज विश्वभर मिशनका लगभग ३,४८५ शाखाहरू छन् ।

अध्यात्मको यो पवित्र ज्योति जन समुदायमा फैलाउनको लागि सत्गुरु माता सविन्दर हरदेव जीले पनि अथक प्रयास गर्नुभयो र आफ्नो कर्तव्यलाई निष्ठापूर्वक पूरा गर्नुभयो । वर्तमानमा सत्गुरु माता सुदीक्षा जी महाराजले ब्रम्हज्ञानको यो दिव्य ज्योतिलाई नयाँ उर्जाका साथ संसारको हरेक कुनामा फैलाई रहनुभएको छ ।

यो दिव्य सन्त समागम शान्ति, सद्भाव, विश्वव्यापी भ्रातृत्व र मानवीय गुणहरूको यस्तो सुन्दर प्रतीक हो जसको एकमात्र उद्देश्य ‘एकतामा सद्भाव’ र शान्तिको भावनालाई प्रदर्शन गर्नुु हो ।

बिज्ञापन