व्याक्ती बिशेष

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

बिज्ञापन

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधन भएको छ ।
काठमाडौंको वीर अस्पताललमा क्यान्सरको उपचार गराइरहेका भट्टको बिहीबार राति निधन भएको हो । उनको राति साढे दश बजे अस्पतालमै निधन भएको भतिज पुष्प भट्टले जानकारी दिए ।

बिज्ञापन

उनलाई गणतन्त्रका सेनानी पनि भनिन्थ्यो । रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबार अगाडि बम विस्फोट गराएको थियो । भट्ट त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

उनी २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए ।

उनी २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। गिरिजाप्रसाद कोइरालाको निधनपछि भने उनी माओवादीमा प्रवेश गरेका थिए।

बिज्ञापन