घटना

गर्भ रहेपछि बाहिरियो सामूहिक बलात्कारको घटना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेलधुरा, असोज ५ गते । गत ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत भएको शिविरमा भिडियो एक्स-रे सेवा पनि सञ्चालन गरिएको थियो । सोही शिविरमा आइन स्थानीय २० वर्षीया युवती (विवाहित) । केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो उहाँको ।

भिडियो एक्सरेमा पाँच महिनाको गर्भ रहेको देखायो । परिवारका सदस्य जिल्ल परे । किन भन्दा ती युवतीका श्रीमान् विगत डेढ वर्षदेखि भारत थिए । श्रीमान् डेढ वर्षदेखि भारत रहेको समयमा पाँच महिनाको गर्भ देखिएपछि ती युवतीका परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामिकाण्डेमा मौखिक जानकारी गराए ।

बिज्ञापन

‘वैशाख महिनामा सामूहिक बलात्कार भएको र घटनामा संलग्न एउटा युवकलाई चिन्छु भन्दै मौखिक रूपमा प्रहरी चौकीलाई जानकारी गराइएको थियो,’ जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले भन्नुभयो । युवतीले बताएको हुलियाको आधारमा प्रहरीले २ असोजमा ४ जनालाई पक्राउ गर्‍याे । 

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड छन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार चारै जना सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै पीडित युवतीले पुष्टि गरेकी छन् । 

२ असोजमा पीडित युवतीका ससुराले चार जनाको नाममा किटानी जाहेरी पनि दिइसकेको डिएसपी कार्कीले बताउनुभयो । ‘२० वर्षीया युवतीको पहिलो पटक वैशाख ५ गते स्थानीय नानीगाड र १२ गते बाँझो गोठमा सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बिहीबार आरोपितलाई सार्वजनिक गर्दै डिएसपी कार्कीले भन्नुभयो, ‘५ गते बलात्कार हुँदा चार जना र त्यसपछि दुई जना संलग्न भएको खुलेको छ ।

बयानका क्रममा आरोपितले पनि स्वीकार गरिसकेको अवस्था हो ।’ बलात्कारपछि गर्भ बसेका कारण मात्रै घटना सार्वजनिक भएको डिएसपी कार्कीले बताउनुभयो । ‘श्रीमान् कामका लागि भारत गएको र परिवारका सदस्यलाई आफूमाथि बलात्कार भयो भनेर युवतीले बताउन नसकेको अवस्था देखियो,’ उहाँले भन्नुभयो, ‘चारै जनालाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ ।’ पीडित युवती एक छोरीकी आमासमेत हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।