अर्थ

भदौ महिनामा दुई खर्ब ३३ अर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा ह्रास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो महिना (भदौ) मा मात्रै व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आर्थिक वर्षको भदौ महिनामा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ व्यापार घाटा भएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा भने, २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ व्यापार घाटा रहेको थियो ।

बिज्ञापन

त्यस्तै, आर्थिक वर्षको दोस्रो महिनामा आयात र निर्यात दुवैमा ह्रास आएको छ । भदौ महिनामा आयात ५.०६ प्रतिशत र निर्यात ७.७९ प्रतिशतले घटेको छ । २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँको आयात भएको छ । जहाँ एक महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँको आयात भएको छ भने, २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँको निर्यात भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।