खेलकुद

एसियाड खेल्न सन्दीप भोलि चीन जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्न सोमबार चीन जाने भएका छन् । एसियाड खेल्न सन्दीपबिनै नेपाली टोली आज हाङजाओ प्रस्थान गरिसकेको छ ।

नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएका थिएनन् । तर, काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेपछि उनी भोली सोमबार चीन जाने भएका हुन् ।

बिज्ञापन

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ । खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६ः४५ बजे हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ । क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।