राष्ट्रिय समाचार

असन्तुष्ट राहत शिक्षकहरुकाे आन्दोलन आज पनि जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं-  सरकार र शिक्षक महासंघबीच भएकाे ६ बुँदे सहमति प्रति असन्तुष्ट राहत शिक्षकहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन्। राहत शिक्षक केन्द्रीय समितिले आफ्ना माग सम्बोधन नभएसम्म काठमाण्डौं केन्द्रीत संघर्ष जारी राख्ने बताएको छ।

पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले पनि आन्दोलन जारी राखेकाे छ। राहत शिक्षक र पेन्सन बन्चित शिक्षकहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बिज्ञापन

शुक्रवार शिक्षासम्बन्धी विधेयकलाई लिएर आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भपछि महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो । तर, सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा आफ्ना माग नसमेटिएको भन्दै राहत शिक्षकहरुले काठमाण्डौं केन्द्रीत प्रदर्शन जारी राखेका छन्।

राहत शिक्षकसंगै साविक उच्च मावि, अस्थायी, करार, प्राविधिकधार लगायत ९ वटा घटक संघर्षमा होमिएका छन् । राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईंले आमरण अनसन समेत बस्ने तयारी भइरहेको बताएका छन्।

उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।