अर्थ

दशैंका लागि एक जनाले १८ हजार पाँच सय रुपैयाँ नयाँ नोट साट्न पाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैंका लागि एउटा ब्यक्तिले १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने गरि तयारी सुरु गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन गरिरहेको जनाएको छ ।

बिज्ञापन

विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।