गम्भीर अपराधका दोषीलाई आममाफी दिनु गलत : सांसद केसी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषधलगायतमा आममाफी दिनेकुरा गलत भएको टिप्पणी गरेका छन् । उनले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताए ।
केसीले भने, ‘यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्नेमात्रै हो । हाम्रो नेतृत्व गरेकाहरू चुकेका हुन् । भ्रष्टाचारविहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सीमित छ ।’
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
