बझाङमा भूकम्प पछिको पहिरोमा परेर बेपत्ता भएकी गुनमतिको शव फेला
लोक कल्याणकारी विज्ञापन

बझाङ । बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव आज (बुधबार) फेला परेको हो।
लोक कल्याणकारी विज्ञापन

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।
लोक कल्याणकारी विज्ञापन

भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन्। भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

