खेलकुद

पाँच नेपाली खेलकर्मीलाई ओसिएको सम्मान

बिज्ञापन

काठमाडौँ, असोज १९ गते ।  ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले १९ औँ एसियाली खेलकुदको क्रममा चिनको होङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । 

बिज्ञापन

ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ तथा कर्मचारीद्वय आयुष जोशी र निरज श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

ओसिएले होङजाउ एसियाली खेलकुदको प्रवर्धन र प्रचारप्रसारमा दिएको योगदानको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको हो ।

बिज्ञापन