रुसी सेनामा गएका नेपाली युवाको मृत्युबारे सांसदले मागे सरकारसँग जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रुसी सेनामा नेपाली युवाको अनधिकृत भर्तीबारे सरकार गम्भीर नबन्दा युद्धमा नेपालीको मृत्यु भएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बजगाईले यसअघि रुसी सेनामा भर्तीको बारेमा प्रश्न उठाउँदा आफ्नै पार्टीका परराष्ट्रमन्त्री एनपी साउदबाट ठोस जवाफ नआएकोमा समेत असन्तुष्टि जनाए ।

बजगाईले भने– रसियन सेनामा नेपाली युवाको भर्तीले समस्या ल्याउन सक्ने भनेर यसअघि पनि मैले यहाँ उठाएको थिएँ । हाम्रै दलको मन्त्रीले ठोस जवाफ दिनुभएन । नेपाली युवाले रसियन सेनामा भर्ती भएर मृत्युसमेत भइसकेको अवस्था छ । यो भयावह अवस्था आउनसक्नेबारे सरकारको धारणा के छ ?
सांसद बजगाईले नेपाल र रुसबीच सन् १९५६ देखि सम्बन्ध रहेको र नेपालमा रुसी दूतावास समेत रहेकाले रुस सरकारको धारणा के छ भनेर परराष्ट्र मन्त्रीले जिज्ञासा राखे नराखेको बारे समेत प्रश्न गरे ।
रुसी सेनामा नेपाली युवाको प्रवेशबारे सबैभन्दा पहिले नेपाल प्रेसले प्रमाणसहित समाचार प्रकाशन प्रसारण गरेपछि संसदमा यो विषयले प्रवेश पाएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
