राष्ट्रिय समाचार

बीआरआई कार्यान्वयनका लागि छिट्टै योजना बनाएर काम गर्छौंः प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआई कार्यान्वयका लागि छिट्टै योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिज्ञापन

नेपाल–चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारलाई सम्बोधन गर्दै उनले बीआरआई कार्यान्वयनका लागि छिट्टै कार्ययोजना बनाएर दुवैतर्फका साझा संयन्त्र परिचालन गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रसंगमा उनले कोभिड महामारी, प्रणाली र संरचनागत सीमाहरूको जिम्मेवार रहेको बताए । चिनियाँ पक्षले लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनामा अनुदान र सहायताको नीति लिने उनले विश्वास व्यक्त गरे ।

साथै प्रधानमन्त्री प्रचण्डले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्र्याउन नसकेको स्वीकार गरे । उनले भने, ‘त्यसका लागि सरकारको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने प्रतिवद्धता जनाउँन चाहान्छु ।’

बिज्ञापन