घटना

कञ्चनपुरमा कोदालोले बुवाको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कञ्चनपुरका एक युवाले कोदालो प्रहार गरेर बुवाको हत्या गरेका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्। हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले घटनाको विवरण सङ्कलन गर्दैछ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।