इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्यो आजका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेकाे छ।
शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले सोमबारका लागि पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो।

“शोकको यो दु:खद घडीमा भोलिका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु,” रास्वपाका सभापति रवि लामिछानले फेसबुकमार्फत भनेका छन् ।
उनले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा ढिलाइ नगर्न पनि आग्रह गरकाे छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
