इजरायलमा रहेका नेपालीहरूको उद्धारमा प्रचण्ड सरकारले तदारुकता देखाएन : योगेश भट्टराई
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकार तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् ।
लोक कल्याणकारी विज्ञापन

तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो देशबाट सहजै नागरिकको उद्धार गरेको स्मरण गर्दै उनले कूटनीतिक सम्बन्ध अत्यन्तै राम्रो भएको इजरायलमा फसेका नेपालीहरूको उद्धार हुन नसकेकाे बताए ।
लोक कल्याणकारी विज्ञापन

उनले भने, ‘आपत्कालीन अवस्थामा रहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने पर्ने थियो । सरकारले गर्न सकिरहेको छैन । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो ठाउँबाट सहजै उद्धार गरेको थियो । इजरायल त दक्षिण एसियापछि सबैभन्दा राम्रो कूटनीतिक सम्बन्ध भएको देश हो । त्यहाँबाट नागरिकहरूलाई उद्धार गर्न सकेको छैन ।’
बिज्ञापन

इजरायलमा शनिबार १० जनाको मृत्यु भएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

