बिश्व

हमासले भन्योः गाजा क्षेत्रमा फेरि हमला गर्दैछौं

बिज्ञापन

एजेन्सी । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलमा पुनः हमला गर्ने चेतावनी दिएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजा क्षेत्रमा थप हमला गर्ने बताएका हुन् ।

बिज्ञापन

उनले छन्, ‘हामी हाम्रो भुमी रक्षा गर्ने पक्षमा छौं । त्यसका लागि हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं ।’ ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ । अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ । 

गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरेपछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन् । इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ ।

बिज्ञापन