आस्था /आध्यात्म

गुरु सदैव पुज्य हुन्छन् सालिकराम भन्डारि

बिज्ञापन

हिन्दु धर्मका धार्मिक आाध्यात्मिक योद्धा श्री शालिकराम भण्डारी गल्याङ नगर पालिका ९ आपचौर स्याङ्जा ::
हाम्रो हिन्दुधर्म अनुसार गुरुलाइ कुन स्थानमा राख्न सकिन्छ र गुरुको अर्थ केहो ?
म श्र्लोक को अर्थ सहित भावार्थ दिने कोसिस गरेको छु ।
हाम्रो समस्त धर्मशास्त्रले गुरुलाई भगवान प्राप्त गर्ने मार्ग प्रदर्शकको रूपमा
अर्थात (जीवित-भगवद्स्वरूप) को रूपमा मानेको छ, तर गुरुले कहिल्यै पनि
शिष्यहरूबाट प्रदान यो पद स्वीकार गर्दैनन, (आफुलाई जीवित भगवद्स्वरूप
स्वीकार गर्दैनन) किनकि यसले गुरुको गरीमालाई मधुरो बनाउछ ।

बिज्ञापन

अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नम: ।।
अर्थात्-म महान अन्धकारूपी अज्ञानतामा उत्पन्न भएको थिएं, मेरो आध्यात्मिक गुरुले ज्ञानको अञ्जनरूपी शलाका (ज्ञानको गाजल लागेको
गाजल लगाउने सिन्का) द्वारा मेरोनेत्र खोलि दिनुभयो, म उहाँकै सादर
वन्दना गर्छु ।

अज्ञानको अर्थ हो मूर्खता, अथवा बौध्दिकरूपले अँध्यारो, यो जगत तमस
अर्थात मायाको अण्दकारमा छ, राम्रो, मीठो, रमाईलो लाई जसरी हुन्छ
आफ्नो अधिकारमा राख्ने प्रयत्न सवै मायाको उपज हो, यसमा ज्ञानको
प्रकाश हुदैन, क्रोध, प्रतिशोध, हिंसा आदि सवै यही अन्धकारको उपज हो,
यदि यो अन्धकार नाशगर्ने ज्ञानको प्रकाश यहा हुँदो हो त यो अँध्यारो
रहन पाउदैन ।

न तद्भासयते सूर्यो न शशांको न पावक: ।
यद्गत्वा न निवर्तन्ते तध्दाम परमं मम ।।
भगवान श्रीकृष्णको गीतामा भनिएको (१५-६) यो श्लोकको यस्तो अर्थ छ ।
“मेरो त्यो धाम न सूर्य, न चन्द्रमा, न त अग्नि (विद्युत) बाट प्रकाशित
हुन्छ (अर्थात् त्यहां यी तत्वले प्रकाशित गर्दैन) जो मेरो त्यो धाममा पुग्छ
उ फेरी यो भौतिक जगतमा फर्केर आउदैन”
गुरु यहि काम गर्नुहुन्छ कि आफ्नो शिष्यलाई अज्ञानको अण्दकारबाट प्रकाश
मा ल्याउनुहुन्छ, वर्तमान समयमा प्राय: धेरै मानिसहरू अज्ञानताकै कारणले
धेरै कष्ट पाएका छन, तैपनि आफ्नो अज्ञानताको तीनलाई कुनै अनुभूतिनै
छैन, आहार विहारको कारण, विचार व्यवहारको कारणले मानिस सुखानुभूति
कम त्यस्को प्रतिफल स्वरूप कष्टको धेरै सामना गर्छ ।
गुरुको यहि उदेश्य हुन्छ कि आफुले पढाएको सिकाएको शीष्यले उच्चतम
उन्नति गरोस, आफ्नो शिष्यले सांसारिक मायाको कारणले आध्यात्मिक
कष्टको सामना गर्नु नपरोस, आफ्नो ज्ञान शिष्यकोरूपमा विस्तारित होस,
तर दु:खलाग्दो विषय यो छ कि, शिष्यनै गुरुमाथी अधिकार जमाउन खोज्छ,
ज्ञानको कुरालाई पारिवारिक वाध्यताको खोल ओढाएर अहंकारको पोषण गर्न
खोज्छ भने त्यस्ता शिष्यप्रति गुरुले आफ्नो समय बरवाद गर्नु व्यर्थ हुन्छ ।

विवेकशील मानिसले कसैले दिएको गुरुपद स्वकार गर्दैन, यदि त्यो “गुरुको”
मानिसको विचार-व्यवहार अनुकरणीय छ भने अनुयायीहरू स्वत: अनुकरण
गर्छन, कसैले कसैलाई गुरु भनेर घोषणा गर्नु पर्दैन, जसरी बत्तिको उज्यालो
मा मानिस पढ्छ, हिड्छ, वा जर गर्छ, त्यो बत्तिको प्रकाशलाई चासो हुदैन,
नदी बग्छ उस्को पानि कसैले पिओस, खेतमा सिंचाई गरोस, घट्ट-मीलहरू
चलाओस, विजुली निकालोस त्यो नदिलाई मतलव हुदैन, यो उस्को सहजता
हो, गुरुलेपनि ज्ञानकोलागी किताब दिन्छ, पढ्ने तरिका सिकाउछ, नबुझेको
कुरा बुझाउछ, तर पाइलो-पाइलोमा गोठालो लाग्न भ्याउदैन ।
अर्थोपार्जनको उदेश्यले गुरु बन्न चाहने मानिस त पाइएलान, तर शीष्यको
हृदय परिवर्तन गराउन चाहने गुरु र गुरुको आशय बुझेर आध्यात्मिक प्रगति
गर्ने शिष्य पाइदैन ।
गुरुलाइ भगवान मान्नु पर्छ ।।

हिन्दु धर्मका धार्मिक आाध्यात्मिक योद्धा श्री शालिकराम भण्डारी गल्याङ नगर पालिका ९ आपचौर स्याङ्जा ::
हाम्रो हिन्दुधर्म अनुसार गुरुलाइ कुन स्थानमा राख्न सकिन्छ र गुरुको अर्थ केहो ।