राष्ट्रिय समाचार

दशैं बिदामा पनि अदालत खुल्ने, यी न्यायाधीशलाई ताेकियाे जिम्मेवारी

बिज्ञापन

काठमाडौं । दशैं बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा दशैं बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुने भएको हो ।

बिज्ञापन

सर्वोच्चले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूची सार्वजनिक गर्दै बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमी (असोज ७ गते) को दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने जानकारी दिएको हो ।

सर्वोच्चका अनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्ललाई जिम्मेवारी तोकिएको छ । उनले त्यस दिन बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछन् ।

असोज ३० गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । त्यस्तै कात्तिक २ गतेको जिम्मेवारी न्यायाधीश मनोजकुमार शर्मालाई दिइएको छ ।

कात्तिक ३ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न नहकुल सुवेदीलाई जिम्मेवारी दिइएको छ भने कात्तिक ४ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।

त्यसैगरि कात्तिक ८ गते हरिप्रसाद फुयाँललाई जिम्मेवारी दिइएको छ । ९ गते कुमार रेग्मीले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् भने १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्नेछन् । र कात्तिक ११ गते शनिवार अदालत बन्द रहनेछ ।

कात्तिक १२ गतेबाट भने अदालत नियमित सञ्चालन हुनेछ । उक्त अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै अदालत उपस्थित हुनेछन् ।

त्यस्तै दशैं बिदाका दिन उच्च र जिल्ला अदालतहरूसमेत खुला रहने भएका छन् । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएका हुन् ।

बिज्ञापन