राष्ट्रिय समाचार

पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, एकैदिन ८३ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरु पक्राउ परेका छन् । पठाओ र इनड्राइभरको नाममा अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आइतबार काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले बताए ।

बिज्ञापन

काठमाडौंका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न राइडरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको बताए ।

उनका अनुसार विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन राइडरहरुलाई कारबाही गरिएको हो ।

पछिल्लो समय अफलाइन सवारी सुरक्षित नहुने भन्दै ध्यानाकषर्ण गराउँदै आएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।