राष्ट्रिय समाचार

सुदूरपश्चिममा ट्राफिक प्रहरीले गर्ने जबरजस्ती असुलीबाट चालक हैरान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिममा ट्राफिक प्रहरीले जबरजस्ती रुपमा गर्ने असुलीबाट चालहरु हैरान भएका छन्। राजमार्गमा गुड्ने साना–ठुला सवारी साधनबाट ट्राफिक प्रहरीले पैसा असुल्न थालेपछि चालकसँगै यात्रुसमेत हैरान भएका हुन्।

विशेष गरी पहाडी राजमार्गमा चल्ने ठुला साना सार्वजनिक सवारी चालकबाट ट्राफिक प्रहरीले असुली धन्दा नै चलाएको गुनासो दैनिक रुपमा बढ्न थालेको छ। हरेक पोष्टमा ट्राफिक प्रहरीले कम्तिमा एक सय रुपैयाँ असुल्न थालेको चालकले गुनासो गरेका हुन्। 
दसैंका लागि परदेशबाट सर्वसाधारण घर फर्किने र यात्रु बाहक सवारीको आवागमन बढ्ने मौका छोपेर ट्राफिक प्रहरीले अवैध असुली गर्न थालेको गुनासो सवारी चालकको छ।

बिज्ञापन

धनगढी र महेन्द्रनगरबाट पहाडी जिल्लाका लागि छुटेका हरेक सवारी साधनबाट न्यूनतम एक सयका दरले ट्राफिक प्रहरीले असुली गर्न थालेको भन्दै यसलाई रोक्नुपर्ने चालकको माग छ। राजमार्गको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी पोष्टमा पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने गाडीबाट रकम असुली थालिएको छ। तर, रकम असुली गरिएको विषय सत्य नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख ट्राफिक प्रहारी उपरीक्षक नेत्रमणि गिरीले बताए।

उनले कसैले माग्यो भन्दैमा रकम नदिन चालक तथा गाडी धनीलाई आग्रह समेत गरेका छन्। ‘ट्राफिक प्रहरीले रकम माग्यो भन्दैमा उहाँहरूले पनि दिनु भएन र प्रहरीले पैसा मागे किन मागेको भनेर भन्न सक्नु प¥यो’, उनले भने, ‘माग्यो भन्ने प्रमाण भए कारबाही हुन्छ। र, कसैले पनि रकम माग्यो भन्ने खबर गरे रकम माग्नेलाई कारबाही हुन्छ।’ राजमार्गमा यात्रा गर्ने यात्रुले पनि ट्राफिक प्रहरीले हरेक पोष्टमा अनावश्यक दुःख दिएर रकम असुल्ने गरेको बताएका छन्।

चाडपर्वमा यात्रुबाहक सवारी देख्ने बित्तिकै प्रहरीले कि एक हजार र पाँच सयको रसिद काट्नु नत्र एक सय रुपैयाँ दिनु भन्ने गरेको चालकहरूले बताएका छन्। ट्राफिक प्रहरीले जथाभावी पैसा माग्दा नपाइने तर प्रहरीलाई निरुत्साहित गर्न रकम माग्यो भन्ने गुनासो गरिएको हुन सक्ने प्रदेश ट्राफिक प्रहरी प्रमुख गिरीले बताए। उनले प्रहरीको मनोबल गिराउन पनि त्यत्तिकै रकम मागेको भन्ने आरोप लगाइएको हुन सक्ने उनले बताएका हुन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।